ब्याँजदर २ प्रतिशत
यस संघको सदस्य साकोसकोे न्यूनतम तरलता मापदण्डलाई कायम राख्नका लागि र संघको आन्तरिक पूंजीलाई मजबुत बनाउने उद्देश्यले यो बचत खाता संचालन गरिएको छ सदस्य साकोसकोे आफ्नो कुल तरलताकोे न्युनतम ५०००० जम्मा गरी तरलता बचत खाता खोल्न सकिनेछ । तर उक्त बचत तोकिएको भन्दा बढि जम्मा गर्न पाईने छैन । साथै तरलता ऋण खाता खोलेको १ वर्ष पुरा भएपछि मात्र तरलता व्यवस्थापन ऋण सेवा उपलव्ध गराईनेछ । लगातार ३ वर्ष सम्म घाटामा चलेको, लेखापरिक्षण तथा वार्षिक साधारण सभा नगरेको र नियमित बचत जम्मा नगरेको साकोसलाई ऋण सुविधा दिन संघ बाध्य हुनेछैन । संस्था खारेज हुने अवस्था बाहेक अन्य अवस्थामा यो बचत फिर्ता नगर्ने नीति लिईनेछ ।