तरलता व्यवस्थापन ऋण

यस जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरले आफ्ना सदस्य संस्थाहरुको तरलता व्यवस्थापन कार्यलाई व्यवस्थीत गरि राख्न पल्र्स मापदण्ड अनुसार १५ प्रतिशत तरलता व्यवस्थापन गर्नु पर्ने व्यवस्थालाई व्यवस्थित गर्नका लागि यस संघले तरलता बचत सेवा प्रदान गरिएकोछ जुन बचत को २ गुना ऋण सुविधा प्रदान गरिने ऋण लाई तरलता व्यवस्थापन ऋण भनिनेछ ।

ऋणको सीमा र अवधि
यो ऋणको समयावधि ६ महिनाको लागि मासिक सावा“ र व्याज तथा ६ महिनामा सावा“ र व्याज चुक्ता गर्नुपर्नेछ । यस ऋणमा कर्जा व्यवस्थापन शुल्क १ प्रतिशत लाग्नेछ । तरलता ऋण लगानी गर्दा तपसिल बमोजिमको शर्तहरु पुरा गर्नुपर्नेछ ।
तपसिल :
१. संघको तरलता ऋण माग फारम भर्ने ।
२. संस्थाबाट संचालक समितिको निर्णय प्रतिलिपी (अख्तियार प्राप्त व्यक्ति सहित)
३. संस्थाको लेटरप्याडमा अधिकारिक व्यक्ति उल्लेख गरि दस्तखत नमुना सहितको पत्र)
४. व्यक्तिगत जमानी व्यवस्थापक सहित २ जना पदाधिकारी ।
५. आधिकारिक व्यक्ति तथा जमानी वस्नेको नागरिकताको प्रतिलिपी

व्याजदर तथा कर्जा व्यवस्थापन शुल्क, घर जग्गा निर्माण कोष : बजार विश्लेषणको आधारमा संचालक समितिले समय समयमा निर्धारण गरे अनुसार कायम गरिनेछ । ऋणमा तोकिए बमोजिम कर्जा व्यवस्थापन शुल्क तथा घर जग्गा निर्माण कोष लाग्नेछ ।

भुक्तानी तरिका : ऋणको भुक्तानी अनिवार्य मासिक किस्ताबन्दी रुपमा गर्नुपर्नेछ । परियोजना र ऋणी साकोसको वित्तिय विश्लेषण गरी आपसी सहमतिको आधारमा मांसिक रुपमा किस्ताबन्दी भुक्तानी गर्नुपर्नेछ ।

ऋण सिमा ः– तरलता बचतको २ गुणा
ऋण अवधि ः– ६ महिना सम्म
ब्याजदर ः– ७%

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...