ऋण माग गर्ने सदस्य साकोसको आफ्नै नाममा वा संचालक तथा संचालकको एकाघर परिवार तथा शयेर सदस्यको नाममा दर्ता स्वामित्यो कायम भएको अचल सम्पति संघ को नाममा धितो बन्धक वा अन्य कुनै पनि प्रकारले पक्ष्य संग संघको स्वीकृति बिना किनबेच गर्न नमिल्ने गरि लिखत गरिदिए पश्चात लगानी गरिने ऋणलाई अचल सम्पति धितो ऋण भनिन्छ । यस्तो सम्पतिको धितो आधिकारिक मुल्यांकित रकमको बढीमा ७० प्रतिसत रकम मात्र ऋण लगानी गर्न सकिनेछ । तर बाटो नभएको जग्गाको हकमा मुल्यांकित रकमको बढीमा ५० प्रतिसत नबढ्ने गरि ऋण लगानी गर्नुपर्ने छ । अचल सम्पति धितोमा सदस्य साकोसको कुल वासलातको ५० प्रतिसत सम्म ऋण लगानी गर्न सकिनेछ ।
ब्याजदर अन्य ऋण सरह अवधिको आधारमा हुनेछ ।