संघको संक्षिप्त परिचय

सबल र सुरक्षित साकोस दिगो जिल्ला बचत संघ

मकवानपुर जिल्लामा दर्ता भएका बचत तथा ऋण सहकारी संस्थाहरुको जिल्लामा विषयगत छाता संगठनका रुपमा दर्ता भएको यस जिल्ला बचत तथा ऋण सहकारी संघ लि. प्लान इन्टरनेशन मकवानपुर कार्यक्रमको एक महत्वपूर्ण सहकार्यमा संगठित भएको संघको इतिहास हेर्दा प्लानले तत्कालिन २०५४ साल देखि मकवानपुरका विभिन्न गा.वि.स.मा महिला सशक्तिकरणको पाटोमा कार्य गरी १७ गा.वि.स. मा २० वटा महिला बहुउद्येशीय सहकारीहरु डिभिजन सहकारी कार्यालय (तत्कालिन जिल्ला सहकारी कार्यालय) मा दर्तँ गरी संचालन भईरहेको अवस्थामा यी सहकारीहरुको जिल्लामा बैंक बनाउने अभिप्रायले जिल्ला संघको परिकल्पना गर्दा जिल्लामा बहुउद्येशीय सहकारी संघ पहिले नै गठन भएको र एक जिल्लामा विषयगत संघ १ वटा मात्र हुने भएकोले बहुउद्ेश्यीय सहकारी संघ पहिले नै बनेको तर सक्रिय नभएको पाइए पछि बहुउदेश्यीय सहकारीलाई बचत तथा ऋण सहकारीमा परिवर्तन गरी २० वटा मध्ये १२ वटा सहकारीलाई बचत तथा ऋण सहकारीमा परिमार्जन गरी २०६१ साल फागुन ३१ गते यस बचत संघको तदर्थ समिति गठन गरी संघको गठन प्रक्रिया अघि बढाइयो । यसरी शुरुवात भएको संघ विधिवत रुपमा २०६२ साल पुस १८ गते अर्थात सन् २००५ जनवरी २ का दिन दर्ता प्रमाणपत्र प्राप्त गर्न सफल भयो । यसरी १२ वटा महिला सहकारीहरुको पहलमा बचत तथा ऋण सहकारीको इतिहास कोरिएको यस संघमा वर्तमान अवस्थामा हाल १३९ वटा बचत तथा ऋण सहकारी संस्थाहरुको परिवार बन्न सफल भएको छ भने शेयर पूंजी २,०२,२८,०००÷, पुगेको छ भने कूल सम्पत्ति ३१,६३,३९,४४६÷— पुगेको छ । शुरुमा १ जना कर्मचारीबाट व्यवस्थापन कार्य शुरु र्गिरएकोमा वर्तमान अवस्थामा ६ जना कर्मचारी सुरक्ष्ाँ गार्ड २ जना गरि ८ जना बाट संघको व्यवस्थापन हु“दैं आएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...