मकवानपुर जिल्ला बचत संघको सहकारी सञ्जाल बैठक संचालन

मिति २०७७.०२.२५

जिल्ला बचत तथा ऋण सहकारी सघं लि, मकवानपुरको आयोजनामा संचालित सहकारी संजाल बैठक कार्यक्रम संघका अध्यक्ष श्री कल्पना श्रेष्ठबाट जुम एप मार्फत औपचारिक रुपमा कार्यक्रमको शुभारम्भ भएको थियो ।
उक्त कार्यक्रम उद्घाटन सत्रमा सभाध्यक्षता सघंका अध्यक्ष श्री कल्पना श्रेष्ठको अध्यक्ष्तामा रह्यो भने सघंका उपाध्यक्ष, सचिव, कोषाक्षय र व्यवस्थापकको समेत सहभागीता रहेको थियो । त्यसै गरीे बैठकमा जम्मा ८ वटा सदस्य साकोसहरु सहभागीता रहेको कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रम माथी प्रकाश पार्नका लागी जिल्ला बचत तथा ऋण सहकारी सघं लि. का व्यवस्थापक श्री सुमित्रा कुमारी वाईवाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा सबै उपस्थित सहकारी संस्थाहरुको मासिक प्रगति प्रतिवेदन माथी छलफल र आगामी महिनामा गरिने कार्यक्रम, लकडाउनको अवधिमा साकोस संचालन प्रकृयामा आई परेका समस्या र समाधानका विषय उपर छलफल चलेको थियो ।
कार्यक्रमको अन्तिम चरणमा संघका अध्यक्ष कल्पना श्रेष्ठले साकोसहरुबाट प्रस्तुत भएको प्रतिवेदन उपर सल्लाह सुझाव दिई सघंको संस्थागत प्रस्तुति र यस महामारी अवस्थामा कार्यलय संचालन प्रक्रियाको बारेमा प्रस्ट पार्नु भएको थियो उक्त कार्यक्रम संचालन संघका ऋण प्रबद्र्धक शुनिल भ्लोनबाट गरिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...