नेपालको सहकारी ईतिहास :
मानव सभ्यताको शुरुवात संगै शत्रुहरु को सामना गर्न मानव झुण्डमा बस्ने आपसी सर सहयोगको भावना विकास भएको देखिन्छ । नेपालमा पनि आपसी सहयोगको भावना स्वरुप गुठी, पर्म, धर्मभकारी, जर्घा, ढिकुरी को रुपमा
सहकारीको अभ्यास भैआएको देखिन्छ । युरोपमा भएको ओद्योगिकरण र मजदुर तथा उद्योग पति विचमा भएको असमानताले सहकारी आन्दोलनको शुरुवात सन् १८४४ मा बेलायतको धागो कारखानामा काम गर्ने (जुलाहा)
मजदुरहरुले एक एक पाउण्ड जम्मा गरी रोजडेल इक्यूटेवलपायोनियर्स सोसाईटी नामक उपभोक्ता सहकारी भण्डार गठन गरी शुरुवातभएको पाईन्छ । सहकारीको विश्व ईतिहांसलाई नियाल्दा जर्मनबाट बचत तथा ऋण सहकारी,
डेनमार्कबाट दुग्ध सहकारी, जापान र ईजरायलबाट कृषि सहकारी आन्दोलनको शुरुवातभएको देखिन्छ ।
नेपालको सहकारी आन्दोलनको शरुवातलाई हेर्दा सर्वप्रथम २०१० सालमा कार्यकारी आदेशबाट सहकारी विभागको
स्थापना भएको थियो । चितवन जिल्लामा बाडीबाट भएको क्षेतिबाट पूनर बास तथा कृषिकार्यलाई निरन्तरता दिन बि.सं.
२०१३ सालमा बखान ऋण समितिको रुपमा भने पहिलो सहकारी संस्था गठन भएको पाईन्छ । तत्कालीन अवस्थामा
राप्ती दुनमा आएको बाढीपहिरोको कारण अस्तव्यस्त भएको बस्ती विस्तारका लागि अमेरीकी सहयोगको राप्तीदुन
परियोजना लागु भई शुरुवात भएको पाईन्छ । नेपालको सहकारी विकास क्रम तपसील बमोजिम उल्लेख गर्न सकिन्छ ।
सहकारी विभागको स्थापनावि.सं. २०१०
नेपालमा २०१३ चैत्र २० मा स्थापित प्रथम सहकारी संस्था (वखान सहकारी संस्था)
सहकारी संस्था ऐन, २०१६ तथा सहकारी संस्था नियमावली, २०१८ जारी
सहकारी प्रशिक्षण केन्द्रको स्थापना, २०१९
साझा संस्था ऐन, २०४१ तथा साझा संस्था नियमावली, २०४३ जारी
सहकारी ऐन, २०४८ तथा सहकारी नियमावली, २०४९ जारी
सहकारी विभाग र अन्तरगतका कार्यालय हरुको पुनः संरचना, २०६१
राष्ट्रिय सहकारी नीति, २०६९ जारी
सहकारी तथा गरिबी निवारण मन्त्रालयको स्थापना, २०६९ जेष्ठ ५
१.१. सहकारी क्षेत्रले पु¥याएको योगदान
नेपालको सहकारीलाई हेर्दा सहकारीको योगदान तपसील बमोजिम रहेको छ ।
झण्डै ६७ प्रतिशत जनता कृषिमा आधारीत रहेको, कृषि क्षेत्रको व्यवसायीक विकास र बजारीकरणमा सहकारीको
योगदान रहेको ।
कूल ग्राहस्थ उत्पादनमा कृषिको योगदान करीव ३३.१ प्रतिशत
राष्ट्रिय अर्थतन्त्रमा सहकारीको योगदान वृद्धि हुदै ३ प्रतिशत भन्दा माथी पुगेको अनुमान छ ।
हाल देशमा प्रारम्भिक सहकारी संस्था संख्या ३३,०००, संघ ३४०, सदस्य संख्या ४७.८ लाख (५१.४
प्रतिशतमहिला सदस्य)।
संचालक समितिमा महिलाको करिब ३४ प्रतिशत सहभागिता, महिला सशक्तिकरण र समाबेशी विकासमा
सहकारी क्षेत्रबाट उल्लेखनीय योगदान ।
वित्तीय क्षेत्रमा सहकारी क्षेत्रको योगदान १८ प्रतिशत भन्दा बढी रहेको अनुमान छ ।
सहकरी क्षेत्रवाट करीव रु.४०० अर्वको कारोवार संचालन हुदै आएकोछ ।
(शेयर पूूजी करीव ६१ अर्व, बचत परिचालन करीव रु.१७६ अर्व, लगानी करीव रु १६१ अर्व)
सहकारी क्षेत्रबाट ५६ हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी ।
दशौ लाखजनतालाई उद्योग, व्यापार, पेशा, व्यवसाय मार्फत अप्रत्यक्ष रोजगारी
सामाजिक, सास्कृतिक र जनचेतनाको क्षेत्रमा अतुलनीय योगदान । (सहकारी विभागको तथ्यांक २०७१।०७२)