मकवानपुर जिल्लाको पृष्ठभूमि :
उत्तर तर्फ करिब ६६ किलोमिटर लामो महाभारत श्रृंखला र दक्षिणतर्फ करिब ९२ किलोमिटर लामो चुरे पर्वत (सिवालिक पहाड)को काखमा यो जिल्ला अवस्थित रहेको छ । ३ नम्बर प्रदेशको अस्थाई राजधानीको रुपमा रहेको हेटौंडा समेत यसै जिल्लामा रहेको छ । २.१.भौगोलिक अवस्था तथा हावापानी
विश्व भूगोलमा ८४ं४१ देखि ८५ ं३१ पूर्वी देशान्तर २७, नेपालको मानचित्रमा ८४ ं४१ देखि ८५ ं३१ पूर्वी देशान्तर २७ ं१० देखि २७ ं४० उत्तरी अक्षांस सम्म अवस्थितपूर्व पश्चिम लम्बाई, पूर्व साँघुरो र पश्चिम फैलिएर यो जिल्लाको क्षेत्रफल २,४२६ वर्ग किलोमिटर रहेको छ । यस जिल्लाको पूर्वमा सिन्धुली, काभ्रेपलान्चोक र ललितपुर जिल्ला तथा बाग्मती नदी पश्चिममा चितवन जिल्ला तथा लोथर खोला दक्षिणमा वारा, पर्सा, र रौतहट जिल्ला तथा चुरे पहाड उत्तर धादिङ्ग, काठमाण्डौ जिल्ला तथा चन्द्रागिरी पर्वतले छुट्¥याएको छ । यस जिल्लामा बिशेष गरी उष्ण, समशितोष्ण र शितोष्ण गरि ३ किसिमका हावा पानी पाईन्छ । २.२. जिल्लाको जनसंख्या राष्ट्रिय जनगणना २०६८ अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०,४७७ रहेको छ जसमा महिलाको जनसंख्या २१३,७९३ र पुरुषको जनसंख्या २०६,६८४ रहेको छ ।
२.३. संघिय राजधारीको दुरी तथा सडक सञ्जाल :
क. हेटौंडा फाखेल काठमाण्डौं : ७६ कि. मी.
ख. हेटौंडा कुलेखानी काठमाण्डौ : ८२ कि. मी.
ग. त्रिभूवन राजमार्ग : ११० कि.मी.
घ. हटौंडा नारायणघाट काठमाण्डौं : २२४ कि. मी
ङ. कान्तिलोकपथ : ९६ कि.मी.
२.४. स्थानियतह
क. हेटौंडा उपमहानगरपालिका च. थाहा नगरपालिका
ख. मकवानपुर गढीगाउपालिका छ. भिमफेदी गाउँपालिका
ग. इन्द्रसरोवर गाउँपालिका ज. मनहरी गाउँपालिका
घ. राक्सिराङराङ गाउँपालिका झ. कैलाश गाउँपालिका
ङ. बकैया गाउँपालिका ञ.बागमती गाउँपालिका
२.५. जिल्लाका धार्मिक तथा पर्यटकिय स्थलह
मकवानपुर जिल्लाका विविधि धार्मिक तथा पर्यटकिय स्थलह? रहेकाछन् जसमध्ये मुख्य मुख्य तपसीलमा उल्लेख गरिए बमोजिमहुन् ।
क. भुटनदेवी ख.मनकामना ग.भुवनेश्वर घ. ऐतिहाँसिक मकवानपुर गढी (बंशगोपा) ङ.चुरियामाई च.गोरक्षस्वर छ.पुष्पलाल उद्यान ज. ऋषेश्वर झ.पाथीभरा ञ. गुप्तेश्वर ट. बज्रबाराही मन्दिर ठ.इन्द्र सरोवर ड.कलाप्रतिष्ठान ढ. कृष्ण प्रणामी मन्दिर ण.स्वच्छन्द भैरव त.बटुब भैरब चिसापानीगढी थ.पर्सा बन्यजन्तु आरक्षण द.लक्ष्मी नारायण मन्दिर ध.दामनभ्यूटावर न. सहिद स्मारक प.चैत्य गुम्बा फ स्यार्सेकालिका, नामटार ब.पुण्य क्षेत्र भ. कुस्माण्ड सरोवर त्रिवेणीधाम म.इन्द्रायणी य.भैरव डाँडा भिउटावर र. सिमभञ्ज्याङ ल.सालकपार्क व.त्रिखण्डी श.दक्षिणकाली मन्दिर ष.पशुपतिनाथ स.विभिन्न गुम्बाहरु
२.६.जनताहरुको मुख्य पेशा :
घ भौगोलिक तथा वातावरणीय विविधता अवस्थित मकवानपर जिल्लाका जनताका विविध पेशा व्यवसायहरु रहेकाछन । यो
जिल्ला औद्योगिक जिल्लाको रुपमा चिनिय तापनि यहाँका मानिसहरुको मुख्य पेशा कृषी नै हो । कुल जनसंख्या मध्ये
८२.७ प्रतिशत कृषीमा र १७.३५ प्रतिशत गैर कृषी क्षेत्रमा संलग्न रहेका छन् । आर्थिक रुपले सक्रिय जनसंख्याको
५३.६ कृषीमा र ४६.९४ प्रतिशत जनसंख्या गैर कृषी पेशामा संलग्नछन् । (मकवानपुर जिल्लाको वीकीपिडिया)
२.७. कृषीउत्पादन :
धान, मकै, कोदो, फापर, गहुं, तरकारी खेती, अदुवा, बेसार खेती, कोशेवाली, फूल खेती, तथा नगदेवाली (अम्रिसो, अदुवा, केरा, कीबीआदी) खेतीआदी
२.८. पशु पंक्षीपालन :
यस जिल्लामा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुर, माछा, माहुरी, बट्टाई आदीको व्यवसायिक तथा परम्परागत दुबै
खालका पशु पंक्षीपालनमा संलग्न रहेका छन् ।
२.९.रोजगारी :
सरकारी सेवा, सहकारी क्षेत्र, उद्योग, कल कारखाना, यातायात, बैदेशिक रोजगार, गैरसरहकारी
संस्था तथा निजी ब्यबसाय संलग्न रहेका छन् ।