नेफ्स्कुन र जिल्ला बचत संघ मकवानपुर (माफ्स्कून) को साझेदारीमा ३ दिने वित्तीय साक्षरता तालिम सम्पन्न

जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरको आयोजनामा र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.को प्राविधिक सहकार्यमा मिती २०८० असार १० देखि १२ गते सम्म, स्थान हात्तेमालो बचत तथा ऋण सहकारी संस्था लि.को सभाहलमा वित्तीय साक्षरता तालिम आयोजना सम्पन्न भएको छ ।

तालिमको मुख्य उद्देश्य संस्थाका पदाधिकारीहरु र व्यवस्थापनलाई वित्तीय साक्षरता सम्बन्धि विषय वस्तुहरुमा प्रशिक्षण गराई आवश्यक पर्ने ज्ञान, सिप र क्षमता अभिवृद्धि गराउनु हो । यस तालिमबाट संस्थाले आगामि आर्थिक वर्षमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम राखि सदस्यहरुलाई प्रशिक्षण गराउनु हो । जसमा शेयर सदस्यहरुलाई पारिवारिक बजेट निर्माण गर्न, व्यक्तिगत वित्तीय व्यवस्थापन गर्न, ऋण जोखिम विश्लेषण र व्यवस्थापन गर्न, दिर्घकालिन बचत तथा लगानी उपाय सिकाउने उद्देश्य राख्दछ । साक्षरता कार्यक्रम मार्फत वित्तीय तनाव कम गर्ने र दिर्घकालिन रुपमा वित्तीय स्थिरता प्रदान गरि सदस्यहरुलाई आर्थिक रुपमा स्वतन्त्र बनाउनु हो ।

तालिमको मुख्य सहजकर्ता एवं नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेद्धारा ३ दिन सहजीकरण गर्नुभएको थियो । उक्त तालिममा संघका सदस्य संस्था मध्ये २३ वटा साकोसहरु र गैर सदस्य संस्थाबाट १ वटा कृषि सहकारी संस्था गरि जम्मा २६ जना प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।

अन्तमा ः समापन सत्र संचालन जिल्ला बचत संघका कार्यक्रम संयोजक सुनिल भ्लोनले गर्नुभएको थियो भने सभाअध्यक्षता जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरका सचिव विरेन्द्र प्रसाद ढुङ्गाना ज्युले गर्नुभएको थियो । संघको तर्फबाट संचालक सदस्य, पूर्वी क्षेत्र उपसमिति सदस्य एंव व्यवस्थापकको समुउपस्थिती रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...