कर अभिमूखिकरण कार्यक्रम सम्पन्न

हेटौंडा २०८२ भाद्र १३ गते शुक्रबार

जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुरको समन्वय र आन्तरिक राजश्व कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा १ दिने कर अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थालाई वार्षिक रुपमा परिवर्तन हुने करको दायर र कर सचेतनाको लागि कर अभिमूखिकरण गरिएको थियो । कार्यक्रममा ३७ वटा सहकारी संस्थाबाट ४९ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा कार्यालयका प्रमुख युक्त्त सुवेदी ज्यू, ले कार्यक्रममो विषयमा जानकारी र आफ्नो परिचय दिनु भएको थियो । उक्त कार्यक्रममा कर अधिकृत प्रेम प्रसाद तिम्सीनाले आफ्नो प्रस्तुती राख्नुभएको थियो ।

संघबाट प्रतिनिधिको रुपमा उपाध्यक्ष मिना कुमारी चौरेल ज्यू, ले सहभागीता जनाउनुभएको थियो ।

कार्यक्रममा सहभागीहरुबाट उठेका कर र कार्यालयसंग सम्बन्धीत प्रश्नहरुको जवाफ कार्यालय प्रमुखले दिनुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...