

जिल्ला बचत संघले वार्षिक कार्यक्रम अन्र्तगत आफ्ना सदस्यहरुको लागि आन्तरिक राजश्व कार्यालयसंगको समन्वयमा १ दिने कर अभिमूखिकरण कार्यक्रम गर्न लागेको हो । उक्त कार्यक्रममा प्रत्येक संस्थाबाट २ जना कर्मचारीलाई सहभागी गराईने छ । वार्षिक रुपमा फेरवदल हुने करसंग सम्बन्धित तथा परिमार्जित नयां व्यवस्थाको बारेमा जानकारी दिन संघले पत्राचार गरेको हो ।
उक्त कार्यक्रम २०८२ भाद्र १३ गते शुक्रबारका दिन आन्तरिक राजश्व कार्यालयको सभाहलमा ठिक विहान ११ः०० बजेबाट शूरु हुने छ ।