
मकवानपुर
मनहरी साकोसको आयोजना र जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुरको प्राविधिक सहयोगमा मिति २०८२ श्रावण २९ गते विहिबार जिल्ला बचत संघ, मकवानपुरको सभाहलमा सहकारी सञ्जाल सम्पन्न भएको थियो । सञ्जालको संयोजकत्व सञ्जालका संयोजक श्री देवकी ढुंगाना ज्यू, ले गर्नुभएको थियो ।
संघको तर्फबाट संचालक सदस्य श्री शंकर प्रसाद कालाखेती ज्यू को आतिथ्यता र कार्यक्रम संयोजक श्री सुनिल भ्लोन ज्यू, ले सञ्जाल सहजीकरण गर्नुभएको थियो । मकवानपुर जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित सहकारी संस्थाबाट अध्यक्ष र व्यवस्थापकको समुपस्थितिमा सिकाई आदान–प्रदान गरि समापन गरिएको थियो ।