
मकवानपुर,
जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुरको आयोजनामा पूंजीकोष गणना विधि तथा मापदण्डको असर विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सभाध्यक्ष संघकी अध्यक्ष कल्पना श्रेष्ठको रहेको थियो भने प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिना लामा ज्यू, ले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो ।
सहकारी संघ संस्थाहरुलाई जारी मापदण्ड र त्यसको असर विषयमा संघकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी गराउनु भयो र सहकारी अध्यादेशले पारेको असर विषयमा वकालत समेत गरेको विषयहरुमा जानकारी गराउनुभएको थियो ।
साथै पूंजी कोष गणना विधिको विषयमा कार्यपत्र संघका कार्यक्रम संयोजक सुनिल भ्लोन ज्यू, ले गराउनु भएको थियो । पूंजीकोषका लागि अध्यादेशले सहकारी संघ संस्थलाई ठुला र साना सहकारीमा विभाजन गरेको छ । ठुला सहकारी संस्थाले ८ प्रतिशत र साना सहकारी संस्थाले ६.५ प्रतिशत पूंजीकोष पुर्याउनु पर्ने बाध्यात्मक परिस्थिति रहेको छ ।
अन्त्यमा नजिकिदै गरेको नेपालीहरुको चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान गरी कार्यक्रम समापन गरिएको थियो ।