सफ्टवेयरमा दर्ता अभिलेखिकरण कार्यक्रम सम्पन्न

NCRA registration programme by sunil bhlon

मकवानपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुरको आयोजनामा आफ्ना सदस्य साकोसहरूका लागि एकदिने सहकारी संस्था दर्ता अभिलेखिकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मिति २०८२ मंसिर १० गते जारी गरेको निर्देशन बमोजिम अनिवार्य रूपमा माघ १० गतेभित्र दर्ता गरिसक्नुपर्ने व्यवस्था रहेकाले संघले उक्त अभिमुखीकरण कार्यक्रममार्फत दर्ता प्रक्रियामा प्राविधिक सहयोग प्रदान गरेको हो।

कार्यक्रमको सहजीकरण संघका कार्यक्रम संयोजक श्री सुनिल भ्लोनले गर्नुभएको थियो। उहाँले दर्ता पोर्टलमा गई डेमो सहित सहकारी संस्थालाई कसरी दर्ता गर्न सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी दिनुभएको थियो।

कार्यक्रमको अन्त्यमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सहकारी विज्ञ सदस्य डा. रमेश चौलागाई भर्चुअल माध्यमबाट जोडिनु भई आफ्ना मन्तव्य राख्नुभएको थियो। उहाँले प्राधिकरणले तोकेको मितिभित्र अनिवार्य रूपमा दर्ता प्रक्रिया पूरा गर्नुपर्ने विषयमा सबैलाई जानकारी गराउनुभयो। साथै दर्ता प्रक्रियामा कुनै समस्या आएमा प्राधिकरणले आवश्यक सहयोग गर्ने र दर्ता नगरी अटेर गर्ने संस्थामाथि कानुनअनुसार कारबाही हुने कुरा समेत स्पष्ट पार्नुभयो।

उक्त कार्यक्रम १२३ जनाको सक्रिय उपस्थितिमा सम्पन्न भएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...