सहकारी संस्थाको पूंजीकोष पर्याप्तता विश्लेषण तालिम सम्पन्न

सहकारीता, ब्याजदर विश्लेषण तथा पूँजीकोष पर्याप्तता अनुपात विश्लेषण तालिम सम्पन्न ।

सहकारीता, ब्याजदर विश्लेषण तथा पूँजीकोष पर्याप्तता अनुपात विश्लेषण तालिम सम्पन्न ।

मकवानपुर । संघद्धारा आयोजित सहकारीता, ब्याजदर निर्धारण तथा पूंजीकोष पर्याप्तता विश्लेषण सम्बन्धि ३ दिने तालिम मिति २०८२ मंसिर १५ देखि १७ गते सम्म संघको आफ्नै तालिम हलमा सफलतापूर्वक सम्पन्न भएको छ ।

तालिमको सहजीकरण सहकारी विज्ञ एंव प्रशिक्षक श्री केशब प्रसाद पोख्रेलद्धारा सहजीकरण गरिएको थियो । यस तालिममा संघका २७ वटा सदस्य साकोसबाट ४० जनाको सक्रिय सहभागिताले तालिम सफल र प्रभावकारी वन्न पुगेको थियो ।

सिकाईलाई प्राथमिकतामा राख्दै कार्यक्रमको शूरुवात अनौपचारिक रुपमा गरिएको थियो । उक्त कार्यक्रमको अनौपचारिक संचालन संघका कार्यक्रम संयोजक सुनिल भ्लोनले गर्नुभएको थियो भने स्वागत मन्तब्य संघका व्यवस्थापक सुमित्रा कुमारी वाईबा ज्यू, ले गर्नुभएको थियो ।

तालिमको विषय मूख्य गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थाहरूलाई जारी गरेको पूंजीकोष सम्बन्धी नयां मापदण्डबारे विस्तृत जानकारी गराई हिसाब गणना विधिको अभ्यास गराउनु भएको थियो । यसै गरी संस्थामा विद्यमान वित्तिय जोखिमलाई मध्यनजर गर्दै पराम्परागत शैलीमा ब्याजदर निर्धारण नगरी वैज्ञानिक (वेस रेट) विधिबाट व्याजदर निर्धारण गर्न सिकाउनु भएको थियो ।

समापन सत्रमा सभाध्यक्षताको रुपमा संघका कोषाध्यक्ष बिष्णुमाया लामाज्यू, ले गर्नुभएको थियो । उहांले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरी आफ्नो मन्तब्य सहित तालिमको औपचारिक रूपमा समापन गरिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...