अध्यक्षको सन्देश
जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुर वि.सं. २०६२ सालमा दार्ता भयो । गाउं शहरमा छरिएर रहेका सहकारी संस्थाहरुको वकालत, पैरवी र अन्तरलगानीको माध्यमबाट सहकारीहरुलाई संभावित तरलता जोखिम कम गर्न साथै सहकारी संस्थाहरुको विकास र प्रवर्धनका लागि नियमित समीक्षा गरी अगाडी बढ्न प्रेरणा दिने उद्देश्यका साथ संघको दर्ता भएको हो । विभिन्न बाधा व्यवधानका बाबजुत पनि १२ वटा महिला सहकारीहरुको पहलमा यो संघको स्थापना भयो । प्रारंभमा कार्यालय सञ्चालन र प्राविधिक सहयोग प्लान नेपाल मकवानपुरबाट भयो । करिब २ वर्ष पछि नै संघले आफ्ना सबै व्यवस्थापन आफैं गर्ने भयो ।
अहिले सम्म आई पुग्दा ६७ प्रतिशत सहकारी संस्थाहरुलाई सदस्य बनाई । झण्डै आधा अरबको कारोबार, बागमती प्रदेशको राजधानी हेटौंडाको मुटुमा आफ्नै ३४ धुर जमिनमा रहेको भवन बाट सेवा प्रवाह र विभिन्न किसिमका बचत तथा ऋण सेवाहरु, परामर्श, अनुगमन, भेट, शिक्षा, तालिम, अनुशिक्षण, स्टेसनरी, सम्पर्क समन्वय तथा बहस पैरवी, सञ्जालहरु संग सहकार्य लगायतका कामहरु गरी सहकारी अभियानमा स्थापित संघको पहिचान बनाउन सफल भएको छ ।
यस कार्यको लागि संघका सदस्य संस्थाहरुको विश्वास, स्थानिय तह तथा प्रदेश सरकार तथा सहकारी सञ्जालहरुको सहकार्यले असाध्यै महत्वपूर्ण भूमिका खेलेको छ । मकवानपुरे बचत तथा ऋण सहकारी संस्थाहरुकोे आत्मीय सम्बन्ध र सहकार्यबाट नै संघ यो अवस्थामा आईपुग्न सफल भएको हो । यस सहकार्यलाई अझ मजबुद बनाउंदै सहकारी क्षेत्रका संभावित जोखिम न्यून गर्दै अघिबढ्ने प्रतिबद्धता संघ परिवार गर्दछ ।
कल्पना श्रेष्ठ
अध्यक्ष
जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुर
९८५५०७००८६
kspglory@gmail.com
kspglory@yahoo.com