आवधिक बचत धितो ऋण

यस संघमा जम्मा गरेको आवधिक बचत धितो राखि कुल बचत रकमको ९० प्रतिशत ऋण प्रदान गरिने ऋण लाई आवधिक बचत धितो ऋण भनिनेछ ।

ऋणको सीमा र अवधि
यो ऋणको समयावधि बचत जम्माको आधारमा हुनेछ । मासिक व्याज तथा सावा“ रकम बचतको अवधि समाप्त भएपछि चुक्ता गर्नुपर्नेछ । यस ऋणमा कर्जा व्यवस्थापन शुल्क लाग्नेछैन । अवधिक बचत ऋण लगानी गर्दा तपसिल बमोजिमको शर्तहरु पुरा गर्नुपर्नेछ ।
तपसिल :
१. संघको आवधिक बचत ऋण माग फारम भर्ने ।
२. संस्थाबाट संचालक समितिको निर्णय प्रतिलिपी (अख्तियार प्राप्त व्यक्ति सहित)
३. संस्थाको लेटरप्याडमा अधिकारिक व्यक्ति उल्लेख गरि दस्तखत नमुना सहितको पत्र)
४. व्यक्तिगत जमानी व्यवस्थापक सहित २ जना पदाधिकारी ।
५. आधिकारिक व्यक्ति तथा जमानी वस्नेको नागरिकताको प्रतिलिपी

व्याजदर तथा कर्जा व्यवस्थापन शुल्क, घर जग्गा निर्माण कोष : बचतको व्याजमा थप २ प्रतिशत लाग्नेछ । यस ऋणमा कर्जा व्यवस्थापन शुल्क तथा घर जग्गा निर्माण कोष लाग्नेछैन ।

भुक्तानी तरिका : ऋणको भुक्तानी अनिवार्य रुपमा मासिक व्याज तथा बचतको अवधि समाप्त भएपछि सावां एकमुष्ट भुक्तानी गर्नुपर्नेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...