नेफ्स्कून माफ्स्कूनको साझेदारीमा २ दिने वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरको आयोजनामा र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.को प्राविधिक सहकार्यमा मिती २०८० जेठ १० र जेठ ११ गते, २ दिन स्थान ग्रामिण महिला सेवा केन्द्रको सभाहलमा वार्षिक योजना तथा बजेट निर्माण तालिम आयोजना सम्पन्न गरेको छ ।

उक्त तालिममा संघका सदस्य संस्था मध्ये २५ वटा साकोसहरुबाट ३५ जना पदाधिकारी र ब्यवस्थापनको सक्रिय सहभागिता रहेको थियो ।

तालिमको मुख्य उद्देश्य : विभिन्न सहकारीहरुबाट सक्रिय उपस्थिती जनाएका सहभागिहरुको वित्तीय व्यवस्थापन सिपलाई अभिवृद्धि गरि आगामी नयाँ आर्थिक वर्ष २०८०/२०८१ को लागि प्रभावकारी योजना बनाउन र स्रोतहरुको उचित बाँडफाँड गर्न सक्षम बनाउने लक्ष्य राखेको थियो । नेफ्स्कूनको प्राविधिक सहकार्यमा तालिम अधिकृत रविन्द्र श्रेष्ठले २ दिन सहजीकरण गर्नुभएको थियो । तालिममा वार्षिक बजेट, वित्तीय विश्लेषण, पूर्वानुमान, बजेट अनुगमन र नियन्त्रण विकास गर्न सैद्धान्तिक र व्यवहारिक ज्ञान र वित्तीय औजार प्रदान गरिएको थियो । २ दिने तालिममा अन्तरक्रियात्मक व्याख्यान, सामुहिक छलफल र व्यवहारिक अभ्यासहरुमा सहभागिहरुको सक्रिय संलग्नता रहेको थियो ।

अन्तमा : तालिमको अन्तिम दिन समापन सत्र संचालन यसै संघका कार्यक्रम संयोजक सुनिल भ्लोनले गर्नुभएको थियो भने सभाअध्यक्षता जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरका कोषाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक विष्णु माया लामा ज्युले गर्नुभएको थियो । उहांले यस तालिमबाट व्यवहारिक सिप तथा ज्ञानको अभिवृद्धि मात्र नभई सिकाईको असल सम्बन्ध विभिन्न साकोसहरुको प्रतिनिधिहरु विच निर्माण गर्ने अवसर पनि पाएको कुरा जोड दिनुभएको थियो । यस तालिमले सहकारीहको वित्तीय व्यवस्थापन अभ्यासलाई सुदृढ पार्न, सहकारीको दिर्घकालिन दिगोपनका लागि सहि मार्गदर्शन, निर्दिष्ट लक्ष्य तथा उद्देश्य तय गर्नको लागि महत्वपूर्ण भुमिका खेल्ने विषयमा जोड दिनुहुदै, सहभागि सम्पूर्णलाई धन्यवाद दिनुभई तालिमलाई समापन गर्नुभयो  ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...