बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले तेस्रो स्थापना दिवस मनाएको छ । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोर्कणमणी दुवाडीको प्रमुख अतिथ्यतामा स्थापना दिवस मनाएको हो ।
संघले हरेक वर्ष स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कारको घोषणा गर्दै आएको छ । घोषणा गरिएको सम्मान तथा पुरस्कार आगामी साधारण सभामा प्रदान गर्ने गर्दछ ।
संघले यस वर्ष उत्कृष्ट जिल्ला बचत संघमा, जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुरलाई सम्मानित गरेको छ ।