नेतृत्व, उद्धघोषण तथा भाषण कला सम्बन्धी ३ दिने तालिम सम्पन्न

हेटौँडा। जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मकवानपुरको आयोजनामा संचालित ३ दिने नेतृत्व सीप, उद्धघोषण तथा भाषण कला तालिम सोमबार सुरु भई बुधबार सम्पन्न भएको छ । संघको आफ्नै भवनमा  आयोजित उक्त तालिममा सदस्य सहकारी संस्थाका संचालक पदाधिकारी र व्यवस्थापन तहका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।

समापन समारोहको सभाअध्यक्षता संघकी उपाध्यक्ष मिना चौरेलले गरेकी थिईन । यसै गरि संघकी कोषाध्यक्ष विष्णु माया लामा, लेखा सदस्य सचिता भट्टराई, प्रशिक्षक आशिष दुलाल, संघका व्यवस्थापन लगायतको समुउपस्थिती रहेको थियो । उक्त तालिममा विशेष गरि नेतृत्व सीप, हुनुपर्ने गुणहरु, औपचारिक कार्यक्रम संचालन तौरतरिका, बैठक व्यवस्थापन र निर्णय लेखन अभ्यास ईत्यादी समेटिएको थियो । सहभागिहरुले सकारात्मक सोच र उर्जा विकास गर्न थप मनोबल बढेको, मञ्चसम्म बोल्नका लागि असहज भइरहदा यस तालिमले निडर भई ढुक्कसंग आफ्ना विचारहरु आत्माविश्वासका साथ स्पष्ट राख्न सक्ने क्षमतामा उल्लेखनीय सुधार भएकाले तालिम निक्कै प्रभावकारी र उपलब्धीमूलक रहेको उनीहरुको भनाइ थियो ।  

संघलाई विशेष धन्यबाद दिँदै आउँदो दिनहरुमा पनि क्षमता विकासका तालिमहरु आयोजना गर्नका लागि सहभागिहरुको अनुरोध भइरहेको हुँदा यसबाट संघलाई थप उर्जा मिलेको कुरा चौरेलले बताइन्। साथै, संघले समयसापेक्ष समसामयिक विषय वस्तुहरुलाई ध्यानमा राखि थुप्रै नयाँ तालिम तथा कार्यक्रमहरु वार्षिक योजनामा समेटेर अगाडि बढ्ने जानकारी गराइन् ।

मकवानपुर जिल्लाका २५ वटा सहकारी संस्थाबाट ३४ जना सहभागिहरुको उल्लासमय उपस्थितीमा तालिम सम्पन्न भएको थियो । 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...