जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको “विस्तारित मञ्च कार्यक्रम” सम्पन्न

हेटौँडा। जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुरले सदस्य सहकारी संस्थाहरूबाट सुझाव संकलन गर्न आयोजना गरेको “विस्तारित मञ्च कार्यक्रम” सम्पन्न भएको छ। संघको आफ्नै भवन, हेटौँडामा साउन २६, २७ र २८ गते तीन समूहमा सञ्चालित यस कार्यक्रममा संघका १२७ मध्ये ६८ सदस्य संस्थाबाट १०४ जना प्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता संघकी अध्यक्ष श्री कल्पना श्रेष्ठले गर्नुभएको थियो । उद्घघाटन सत्रमा संघका उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, संचालक पदाधिकारी तथा व्यवस्थापन पक्षको सक्रिय सहभागिता रहेको थियो । संघका कार्यक्रम संयोजक श्री सुनिल भ्लोनले औपचारिक कार्यक्रम संचालन गर्नुभएको थियो । उपाध्यक्षले स्वागत मन्तव्य मार्फत् कार्यक्रमको उद्देश्य प्रस्तुत गर्नुभएको थियो भने अध्यक्षद्वारा पानसमा दीप प्रज्ज्वलन गरी औपचारिक रुपमा कार्यक्रम उद्घघाटन गरिएको थियो । व्यवस्थापक श्री सुमित्रा कुमारी वाईबाले संस्थागत प्रस्तूतीसंगै संस्थागत सुशासन, वित्तीय सुशासन, नीति तथा कानुनी कार्यविधि निर्माणमा सदस्य केन्द्रित गुणस्तरीय सेवा अभिवृद्धिका लागि ल्याइएको “संस्थागत सुदृढीकरण कार्यक्रम” बारे जानकारी दिनुभयो।

विशेष गरि संघले सुझाव संकलनका लागि तयार पारिएको ९ वटा प्रश्नावलीमार्फत् सदस्यहरूले नीति तथा सेवामा देखिएका जटिलता, वित्तीय सेवाको निरन्तरता, प्रविधिको चूनौति, भवन तथा तालिम हलको उपयोग र क्षमता विकाससम्बन्धी सुझाव दिए। बचतमा प्रतिस्पर्धी ब्याजदर, वार्षिक संस्थागत अनुगमन, एकद्वार डिजिटल रिपोर्टिङ प्रणाली र प्रदेशस्तरीय साकोस बैंकको सम्भाव्यता अध्ययन जस्ता सुझाव प्रमुख रूपमा आए ।

संघले यी प्राप्त सुझावलाई आगामी रणनीतिक योजना र साधारण सभामा समावेश गर्ने जनाएको छ। कुल सदस्य संस्थाको अनुपातमा ५३.५ प्रतिशत सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...